काठमाडौं ।
काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा केहि समय अगाडी विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
घाइतेभएका दुई जनालाई ट्रमा सेन्टरमा उपचार भइरहेको काठमाडौकां प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । उनका अनुसार पम्पमा रहेको सिलिन्डर विस्फोट भएको प्रारम्भिक जानकारी आएकोे बताए ।
मैनालीले भने, ‘वेल्डिङको काम गरिरहेका दुई जना विस्फोटमा परि घाइते भएको बुझिएको र छ भने अरु के कति क्षति भएको छ वा छैन अनुसन्धान भैरहेको छ ।’ प्रहरीका अनुसार इन्धन राख्ने ट्याङ्कीमा वेल्डिङ गरिरहेका बेला ग्याँस विस्फोट भएको थियो ।
घाइते हुनेहरुमा पर्साको जगन्नाथपुर- ०३ का किशोरी शाह र दिपककुमार शाह रहेको बुझिएको छ ।
घाइते भएका किशोरीको बायाँ खुट्टा जलेर फ्याक्चर भएको छ । भने, दाहिने खुट्टा,अनुहार दुबै हात र छाती जलेको अवस्थामा रहेको छ । यस्तै दिपकको बायाँ गालामा हल्का पोलेको प्रहरीले जनाएको छ । थप अनुसन्धान पनि भैरहेको प्रहरीको भनाई छ ।