गण्डकी प्रदेशमा कोरोनाले पारेको प्रभाव

पर्वत,७
विश्वमा कोरोना भाइरसको संक्रमण बाट लाखौको मृत्यु भयो । नेपालमा पनि तेस्रो लहरसम्म आइपुग्दा हजारौँले ज्यान गुमाउनुपर्‍र्यो । नेपालमा कोरोना भाइस भित्रिए देखि यो बर्षको माघ २५ गते सम्मको तथ्याङ्क हेर्ने हो भने कुल ९लाख ६८हजार ६ सय ११ जना कोरोना भाइरस बाट संक्रमित हुन पुगेका छन् । त्यस्तै निको हुनेको संङ्ख्या ९लाख २० हजार ५सय ९२ जना रहेका छन् भने मृत्यु हुनेको संङ्ख्या ११ हजार ८सय ३८ जना पुगेका छन् । साथै कोरोना भाइसका सकृय संक्रमित ३६ हजार १सय ८१ जना रहेका छन् ।
गण्डकी प्रदेश ११ वटा जिल्लामा हेर्दा कोरोना भाइरस बाट संक्रमित हुनेको संङ्ख्या कुल १लाख ९सय ४६ जना रहेका छन् । कुल परीक्षण गरीएका ३लाख ८२हजार ४सय१८ जना मध्ये ९७हजार १जना निको भएका र नेगेटिभ रिपोर्ट आएका २लाख ८१ हजार ४सय ७२ रहेका छन् । त्यस्तै २हजार ४सय ९३ जना सक्रिय संक्रमित साथै १ हजार ४सय ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश पोखराले जनाएको छ ।
गण्डकी प्रदेशका केहि भागहरु बाहेक अधिकांश भाग ग्रामिण छ । कुनै ठाउँमा सजिलै सँग यातायात, खानेपानी,स्वास्थ्य, शिक्षाको प्रबन्ध छ भने अधिकांश भेगमा यि सम्पुणर् विकासका पुर्वाधारहरु पुगेको छैनन् । कोरोना भाइरसले हुन त हरेक क्षेत्रमा असर पारेको छ तर पनि ग्रामीण भेग धेरै भएको यो प्रदेशमा शिक्षण सिकाई प्रक्रियामा सत प्रतिशत विद्याथर्ीहरु सामेल हुन नसकेको सरोकारवालाहरु बताएका छन् । धेरै ठाउँमा विद्युत सेवा पुगेता पनि नेर्टवक राम्रोे सगँ नटिप्ने विद्युतिय सेवा बेला बेलामा अवरोध हुने जस्ता कारणले जुम बाट अथवा बैकल्पिक शिक्षण सिकाई प्रक्रियामा सामेल हुन गाउँका विद्यार्थीलाई अफ्ठारो भएको हो । गण्डकी प्रदेश भित्र रहेका करिव ३७ सय विद्यालयमा अध्ययन गर्ने र ६ सय संस्थागत बिद्यालय गरि जम्मा ४३ सय विद्यालय रहका शिक्षा,संकृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी टंक प्रसाद ढकालले जानाकारी दिनुभयो ।
कोरोना भाइरस -कोभिडको कारणले शिक्षा,संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास क्षेत्रमा ठुलो असर पारेको छ , यसबाट पारेको असर अवका दिनमा गर्नु पर्ने कार्यहरु के कस्ता छन् त ? यी सम्पुणर् बिषयमा शिक्षा,संकृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका माननिय मन्त्रि मेखलाल श्रेष्ठ सँग गरिएको संक्षिप्त कुराकानी ।

माननिय मन्त्रि ज्यु शिक्षा क्षेत्रको विकासको लागि बिभिन्न खालका निति नियम त ल्याउनुभयो, तर निति नियम अनुसार काम भएको छ कि छैन ?
म आउने बित्तिकै शिक्षा निति लागु गरे ,शिक्षा नितिमा प्रदेशलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा बिकास गर्न सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर बनाउन पर्छ भन्ने हिसावले मैले शिक्षा निति लागु गरेको छु । तर कस्तो समस्या आउदो रैछ भने मन्त्रालय समालिसके पछि सात महिनाको अवधिमा कुुनै पनि सामुदायिक बिद्यालयले शिक्षाको गुणस्तर सुधार्न भन्दा पनी भौतिक संरचना बिस्तार तिर बढी जोड दिएको मैले पाए र धेरै साथीभाइहरु लाई मैले चित्त बुझाउदै सम्झाउदै पनि आएको छु । सामुदायिक स्कुलका शिक्षकहरुले विद्यार्थी संख्या कसरी बढाउने, शिक्षाको गुुणस्तर कसरी बढाउने भन्दा पनि आफु विद्यालयमा कसरी टिक्ने र जेनतेन शिक्षालाई अगाडी बढाउने उहाँहरुको एउटा मनोवृति छ , हामिले त्यसलाई सुधार्न पर्छ र शिक्षा निति नै लागु गरेर नहुने रैछ । हामीलाई प्रदेशको शिक्षा निति लागु गरिसके पछि संघले एउटा कानुन बनाइदिन पर्ने हो, शिक्षा नियमावली अहिले सम्म बनाएको छैन् । त्यसैले हामिलाई प्रदेशमा निति,कार्यबिधि बनाउन र अरु थप्नको लागि संघ सग जुद्छकी भन्ने आशंकाले गर्दा हामिले बनाउन पाएका छैनौ । तथापी हामिले प्रदेशलाई अझै सक्षम बनाउनु पर्दछ ,स्थानिय तहको अधिकार क्षेत्र भित्र परेका माध्यमिक शिक्षा भएपनी हामिले त्यो शिक्षालाई चाहिने गुणस्तर बनाउन सकिएन भने प्रदेशमा आएर उनीहरुले उच्च शिक्षा अध्ययन गर्ने हो , उनीहरुको हैसियत हुदैन ज्ञाता हुदैनन् र उच्च शिक्षा धान्न सक्दैनन् भन्ने हिसावले हामिले प्रावि लेवल बाल शिक्षा देखि नै सहयोग गर्न प्रदेश सरकारले निति बनाएको छ । हामिले सुचना पनि प्रकाशित गरेका छौ । कुन ठाउँमा कस्तो शिक्षा दिने भन्ने बिषयमा पनि हामिले बृहत अध्ययन गरेका छौ । प्रदेश प्रमुख शिक्षा कार्यक्रम भन्ने नारा ल्याएर नै हामि अगाडी बढेका छौ । प्रदेश भरिनै गुणस्तरीय रुपमा शिक्षालाई परिवर्तन गनुपर्दछ , शिक्षालाई क्रान्तिकारी शिक्षा, दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा ,आधारभुत शिक्षा ,पर्यटन सगँ जोडिएको शिक्षा र सेवा सगँ जोडिएको शिक्षामा ,कृषि सग जोडिएको शिक्षामा हामिले फड्को मार्न सकेनौ त्यसैले हामिले अव व्यवहारीक शिक्षामा प्रोत्साहन गर्न सकेनौ आफै पढेर आफै कमाउ भन्ने एउटा बातावरण गराउन सकेनौ र सर्टिफिकेट लिसके पछि उसले आफुलाई आत्म निर्भर बनाउन सक्यो कि सकेन, त्यो शिक्षाले आफ्नो जिवन चलाउन उपयोगि ठान्यो कि ठानेन भन्ने कुरा बिकास गर्न सकिएन भने अव हामिले हाम्रा निती,नियम र कानुनहरु नारामा मात्र सिमित हुने छन् । हाम्रा शिक्षित युवा सवै बिदेशिने र यहाँको जग्गा जमिन बाझा रहने,कच्चा पदार्थ सबै कुहिएर जाने अवस्थामा भएकाले गण्डकी प्रदेश सरकारले त्यसलाई बुझेर माटो सुहाउँदो शिक्षामा कसरी जोड दिने ,प्रबिधि मिल्दो शिक्षा कसरी प्रदान गर्ने भन्ने बिषयमा गम्भिर रुपमा छलफल गरेर यसमा परिवर्तनको लागि शुरुवात गर्न खोजेका छौ ।
कोरोनाका कारण भौतिक उपस्थिती हुन नसकेको बेला बैकल्पिक शिक्षा निति भनेर जुम मार्फत पनि यो शिक्षण सिकाई प्रक्रिया अगाडी बढाइयो , ग्रामिण भेगका बिद्यार्थीको लागि यो खासै उपयुक्त देखिएन तपाईको बिचारमा यो सिकाई प्रक्रिया कस्तो लाग्यो ?
पक्कै पनि यसले एउटा ठुलो समस्या जन्मायो, चाहे त्यो व्यवसायिक क्षेत्रमा । यो रोगले हामिलाई मात्र होइन संसारलाई नै गालेको छ । यसमा पनि अझ बिषेश गरेर शिक्षा भनेको कस्तो हुँदो रैछ भने समय जस्तै रहेछ । मान्नुस गएको साल फेरी फर्केर त आउदैन त्यस्तै जस्तो शिक्षा पनि बैशाखमा पढ्ने पाठ माघमा पढ्छु भन्दा त धेरै पछि परिसक्या हुन्छनी ? यस्तो खालको समस्या कोभिडको कारणले जन्म्यो र यसलाई शिक्षा विभाग देखि लिएर धेरै समन्वयकारी भुमिका निर्भाह गर्ने संस्थाहरुले घरमै बसेर सिकाइको निकास गरेका छन् ।यो सिकाइले कस्ता खालका विद्यार्थीलाई मात्र सहज बनायो भने जसको घरमा सम्पन्नता छ , जसको घरमा ल्यापटव,फोन, इन्टरनेट छ त्यस्ता खालकाले केही न केही लाभ लिन सके यसैलाइनै मैले मध्यनजर गरेर प्रदेशमा शिक्षालाई टुट्न दिनुहुदैन भनेर यदी टुट्यो भने विद्यार्थीहरुको भविष्य बर्वाद हुन सक्छ । आज पढ्ने सिकाई भोली सिकेर हुदैन् भनेर मैले अफ लाइन अनलाइन भन्ने एउटा कक्षाको बिश्वमा नै चर्चा भए सगैैँ यसले प्रदेशमा पनि राम्रो गर्छ होला भनेर अगाडी बढाइयो । तर यसमा पनि केही समस्या आयो । गाउँगाउँमा सबै विद्यार्थीको हातमा स्मार्ट फोन छैनन् । शिक्षा बिभागले बनाएका पाठ्यक्रमलाई मोवाइलमा राख्न मिल्ने खालका मोबाइल नभएका कारण यसमा पनि समस्या देखिन पुग्यो । प्रदेश भरिनै यो अफलाइन क्लास संचालन गर्न पर्छ भनेर स्याङ्जाको एउटा विद्यालयबाट शुरुवात पनि गराए तर विद्यालयमा बिद्यार्थी संख्याको २० प्रतिशतको हातमा मात्र राम्रो खालको मोबाइल छ । सवैकौ हातमा उपयुक्त खालको मोवाइल छैन् ।अनि अर्को कुरा मोवाइल मात्रै भएर काम नहुने रैछ त्यसलाई चलाउने शिक्षक पनि दक्ष हुन जरुरी देखियो । अधिकाशं शिक्षकले बिद्यार्थीको मोवाइलमा आफुले पढाउने पाठ्यक्रम लोड गर्न पनि सक्नुभएन । यि र यस्तै कारणले ग्रमिण भेगका बिद्यार्थीहरुलाई यस्तो अवस्थामा प्रशस्त रुपमा शिक्षा प्रदान गर्न सकिएन यसमा म दुखि छु । यसको पनि समाधानको लागि हामिले कोसिस गरेका छौ तर हाम्रो जस्तो मुलुकमा तत्कालै यो सम्भव चाहीँ नहुदोरहेछ ।
अनि यो मन्त्रालयले श्रमिकको लागि पनि काम गर्दो रहेछ , यो कोरोनाको मारमा परेर प्रदेश भित्र कति बेरोजगार बने कति व्यबसाय नै छोडेर पलायन पनि भए यसको केहि तथ्याङ संकलन गर्नुभएको छ ? साथै व्यवसायमा फेरी फर्किनको लागि कुनै राहात, अनुदानका कार्यक्रमहरु ल्याउनुभएको छ ?
मन्त्रालयले नै यसमा केहि गर्न सक्ने त न्युन छ । किनभने हामिले केन्द्र सगँ समन्वय गरेर हामिले प्रदेशमा घनिभुत छलफल पनि गरेका छौ , हामिले छिटो भन्दा छिटो श्रम निति पनि ल्याउन खोजेका छौ ।तर यहाँ यती नै संख्यामा बेरोजगार भए भने तथ्याङ्क चाहि निकाल्न सकेका छैनौ ,यसको लागि हामिले जनशक्ति पनि खटाएका छौ । यसको बास्तविक संङ्ख्या किन आउन सकेको छैन भने असंगठित संघसस्थामा काम गर्ने श्रमिकहरु कति छन् भन्ने कुराको दर्ता कहिपनी नहुने रैछ । जस्तै सरकारको माताहत भित्र रहेर काम गर्नेको डाटा भित्र आउने रैछ तर होटल , अन्य व्यबसायहरुमा काम गर्नेहरुको डाटा बास्तविक नआउदो रहेछ । यिनै निर्माण क्षेत्र , होटल र अन्य ठाउँमा काम गर्नेहरु अहिलेको अवस्थामा बेरोजगार भएका हुन भन्ने मलाई लाग्छ । यसरी मारमा परेका लाई मेरो मन्त्रालय र गण्डकी प्रदेश सरकारले नै केहि न केही मलम पट्टीको काम गर्नु पर्छ भनेर एउटा कोष पनि खडा गरेका थियौँ ।यो राष्ट्र बैङ्कको झन्जटिलो नियमको कारण गर्दा एक अरव छुट्टाएकोमा २५करोड पनि लगानी गर्न सकेका छैनौ, तर पनी हामिले यसबाट निकास खोजेर प्रदेश सरकारले केहि न केहि सहयोग गर्न खोजेका छौ ।
कोरोनाको तेश्रो लहर सम्म आइपुग्दा विभिन्न खालका समस्याहरु पनि आए, समाधान तर्फका केहि पहल गरेको पनि बताउनुभयो । अवका दिनमा हजुरहरु कसरी अगाडी बढ्दै हुनुहुन्छ ?
हैन यस्तो छ , हामि सबैले जिवन यापन गर्नुु पर्ने छ । अहिले कोरोनाले दुख दियो फेरी अर्को बर्ष अर्को रोगले दुख देला त्यसैले यसबाट हामिले हाम्रो जिवन स्थायी रुपमा नै कसरी जिउने , समस्या परेको बेला कसरी जुद्ने भन्ने नितिहरु बनाउन जरुरी छ । यसको लागि हामिले छलफल पनि गरेका छौ । सिक्दै पनि गएका छौ, हामि मात्रै होइन यसले विकसित मुलुकलाई पनि यसबाट जोगिन हम्मेहम्मे बनायो भने नेपाललाई नबनाउने कुरै थिएन । र अहिले नेपालले बिभिन्न दातृनिकायको सहायता लिएर अगाडि बढेका छौ । अव हामिमा यस्ता खालका समस्याहरु आउदा पनि अगाडी बढ्न सक्ने खालका सम्यन्त्रहरु खडा गर्नुपर्दछ भनेर सरकार लागिराखेको छ ।यसमा स्थानिय तह र प्रदेश सरकार पनि हातेमालो गरेर अगाडी बढेको छ ।
अन्त्यमा हजुर मन्त्रिको पदभार ग्रहण गरे पछि भन्नै पर्ने नयाँ काम , यो समयमा भन्न छुटेको केही छ ?
सबै भन्दा पैला त मैले शिक्षा निति लागु गरे । शिक्षा निति लागु गर्ने गण्डकी प्रदेश पहिलो हो । त्यसपछि यो प्रदेशलाई साक्षर बनाउने कुरामा हामिले धेरै मेहनत गर्‍यौँ र गण्डकी प्रदेश साक्षर घोषणा गरिसकेका छौ, र अर्को तेश्रो काम हामिले के गर्‍यौँ भने यो प्रदेश विभिन्न जातजाती , भेषभुसा , रितिरिवाज ,सस्कृति यहाँको हिमाल ,पहाड मठमन्दिर भएको पर्यटकिय रुपमा निकै सुन्दर प्रदेश पनि हो यो सुन्दर प्रदेशमा आउने पर्यटककाको लागि सफासुग्गर त बनाउनु पर्छ नै, सेवाग्राही लाई सेवा दिन त पर्छ नै त्यो भन्दा पनि यहाँका जनताहरु खाना,नाना र छाना बाट बन्चित हुनुहुदैन बाटोमा मागेर बस्न दिन हुदैन यसले समाजलाई नै नराम्रो बनाउछ भनेर यो हामिले सडकका पेटि मानव मुक्त भनेर घोषणा गर्न सफल भयौँ । त्यो भनेको केहो भने कुनै पनि मानवहरुले घरमा बसेर खान पाइएन सुत्न पाइएन भने सुत्न नपरोस त्यसलाई चाहिने सरकारले नै मेहनत गर्न पर्छ भनेर हामिले सेवा आश्रमहरु लाई नै जिम्मा दिएर प्रदेश सरकारले १मानवलाई सेवा दिए बापद प्रति महिना ३हजार दिने गरी यो कार्यक्रम पनि अगाडी बढाएका छौँ ,साथै बालबालीका पनि हकअधिकार बाट बन्चित हुन नपरोस भनेर बालबालीका संम्बन्धि कानुन हामिले संसदमा पेश गरिसकेका छौ यसलाई अहिलेकै हिउँदे अधिवेशनमा पारित गराउँछौँ र हिंसाबाट पिडित महिलाहरुलाई कहिल्यै पनि हिंसा सहन नपरोस, हिंसाबाट आफुलाई आत्मग्लानी नहोस भनेर हिंसा पिडित महिलाहरुलाई उत्थान गर्नको लागि ति महिलाहरुलाई स्वरोजगार बनाउन र आफ्नो जिवन सहज रुपमा जिउनको लागि हामिले बिभिन्न तालिमहरु दिएर प्रदेशबाट बजेट विनियोजन गरेर यस्ताखालका कार्यक्रमहरु पनि गण्डकी प्रदेश सरकारले अगाडी बढाएको छ । यस्ता धेरै प्रकारका कार्यक्रमहरु गण्डकी प्रदेश सरकारले र बिषेश गरेर मेरो मन्त्रालयले बिभिन्न अगाडी भनेका कामहरु गर्न सफल भएको छ ।

कोरोनाले हरेक क्षेत्रमा असर पारेको छ । बिद्यायलय देखि सरकारी अफिस सम्म र ब्यक्तिको व्यवसाय देखि कृषिको कफि सम्म जुनसुकै क्षेत्रमा पनी समस्या पुर्‍र्याएको छ । बिद्यालयमा जुम मिटिङ चलाउदा पनि निकै गाह्रो भएको अधिकाशं शिक्षक बताउने गरेका छन् । पर्वतको मोदी गाउँपालिका वाड नं. ८ पञ्चकोशि आधारभूत विद्यालयमा अध्यापन गराउने मदुसोदन अधिकारीले कोरोनाले अध्यापन गराउन निकै कठिनाई भएको बताउनुभयो । कोरोनाको तेश्रो लहर सम्म आइपुग्दा यस अघि र बिद्यार्थीलाई अध्ययन गराउन निकै झमेला भएको गुनासो उहाँले सुनाउनुभयो । हामिलाई मात्र नभई जिल्ला ,प्रदेश र देशै भरिका जति पनि सरकारी बिद्यालयमा अध्यापन गराउने शिक्षकहरु हुनुहुन्छ एकादुई बाहेक सवैलाई समस्या भएको उहाँको भनाई छ । ग्रामिण भेगमा सहजै बिद्युत ,नेट आपुर्ति हुदैन र सबै सँग महँङ्गगा खालका मोबाईल किन्ने आर्थिक अवस्था पनि नहुने भएकाले यो शिक्षण शिकाई बिधि उपयुक्त नभएको शिक्षक अधिकारीको भनाई छ । उहाँका अनुसार १०० मा जम्मा २०देखी ३० प्रतिशतले मात्रै यो सुबिधा बाट सहजै सिकाई प्रक्रियामा भाग लिन सकेको बताउनुभयो । गण्डकी प्रदेश भित्रका ३७ सय सरकारी बिद्यालयमा नै यस्ता समस्यामा बिद्यार्थीहरु रहेको प्रदेशका ११ जिल्लाको प्रनिधिमुलक रुपमा शिक्षक अधिकारीले समस्याको बारेमा जानाकारी गराउनुभयो ।
त्यस्तै कोरोनाका कारण गण्डकी प्रदेशमा संचालनमा रहेका अधिकाशं व्यवसायहरु धरापमा परेका छन् । सुन्दरनगरी पोखराको लेकसाइडमा रहेका धेरै होटलहरु पलायन पनि हुन पुगेका छन् । पोखरामा मात्रै होइन प्रदेशका ११ वटा जिल्लाको तथ्याङ्क हेर्ने हो भने सबै क्षेत्रमा कोरोनाको प्रभाव देखिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीको भनाई छ । उहाँका अनुसार कोरोना नामक यो भाइरस हामि सबैमा नयाँ भएको भए पनि यसबाट लडेर हामिले आफ्ना कार्यहरुलाई संचालन गर्नु पर्ने बाध्यता रहेको छ । उहाँले पर्वतमा मात्रै नभएर प्रदेशमानै यसबाट सबै पिडित हुन परेको बताउनुुभयो । जिल्ला र प्रदेश सगँको समन्वयमा हामिले राहातका कार्यक्रमको लागि पनि पहल गरेको अधिकारीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार