संघद्वारा ताेकियाे खाली सिलिन्डरकाे मुल्य

हाम्राे प्रयास ।नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिन्डरको मूल्य तोकेको छ ।

यसअघि सङ्घले ग्यास बिक्रेताले फरकफरक मूल्यमा खाली सिलिन्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिन्डरको मूल्य तोकेको थियो । तर आजबाट लागू हुने गरी दुर्गमका क्षेत्रबाहेक जिल्लाका लागि खाली सिलिन्डरको मूल्य लागु गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

उनका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिए तापनि ग्यासका डिलर अनुसार मूल्य फरकफरक रहेपछि मूल्य तोकिएको हो । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने सङ्घले जनाएको छ ।

सङ्घले सिलिन्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता डिलरमार्फत लिनसमेत अुनरोध गरेको छ । रसिद नलिएका सिलिन्डरको जवाफदेही तथा दायित्व उद्योगले नलिने समेत जनाएको छ ।

सङ्घले तोकेको नयाँ मूल्य अुनसार रु एक सय बिक्रेताका लागि छुट्याइएको जनाएको छ । सङ्घले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिन्डर साट्नु गैरकानूनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने जनाएको छ ।

उद्योग तथा बिक्रेता अुनसार खाली सिलिन्डरको मूल्य रु तीन हजार ५०० सम्म लिने गरिएकोमा आजबाट सबै उद्योगका सिलिन्डरको मूल्य रु दुई हजार एक सय लागु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार